श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं । खोटाङमा आफ्नै श्रीमती २८ वर्षीया सरीता तामाङको हत्या गरेको अभियोगमा प्रहरीले ३२ वर्षीय बालजीत राईलाई पक्राउ गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा स्थायी घर भई हाल सोही नगरपालिका–७ दोर्पाडेरा गरी बस्ने बालजीत राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

घरायसी विवादको क्रममा बालजीतले खुकुरी प्रहार गर्दा सरिताको घटनास्थलमै मृत्यु भएको थियो ।

बालजीत फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ र प्रहरी चौकी चिउरीडाँडाबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा घर नजिकै रहेको जङगलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

Published : Wednesday, 2023 June 14, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया