झारको जंगलमा सोमबहादुरको ‘मंगल’

काठमाडौं । प्रहरीले महोत्तरीबाट ४५ वषीय सोमबहादुर थिङलाई पक्राउ गरेको छ ।

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिबास नगरपालिका–१० खैरबना बस्ने थिङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

थिङले ती महिलालाई बर्दिबास नगरपालिका–१० खैरबनास्थित खैरबना झोरा खोला छेउको झार जंगलमा जबरजस्ती करणी गरेको प्रहरीमा उजुरी परेको छ ।

पीडितको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Published : Tuesday, 2023 June 13, 3:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया