रुपन्देहीका यादवलाई ६४ वर्षपछि पक्राउ

काठमाडौं । रुपन्देही जिल्लामा प्रहरीले ३३ वर्षदेखि फरार रहेका ६४ वर्षीय मंगलप्रसाद यादवलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत रुपन्देहीको मिति २०४७/०१/१३ गतेको फैसलाले सरकारी छाप दस्तखत कीर्ते मुद्दामा १ वर्ष १ महिना ६ दिन कैद सजाय भई यादव विगत ३३ वर्षदेखि फरार रहेका थिए ।

रुपन्देहीको साविक सूर्यपुरा गाविस वडा नं. ९ हाल गैडहवा गाउँपालिका वडा नं. ६ मोजरहवा बस्ने यादवलाई मिति २०८०/०२/२८ गते ईलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

यादवलाई आफ्नै घर वतनमा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको छ ।

कैद भुक्तानको लागि यादवलाई जेठ २९ गते जिल्ला कारागार कार्यालय भैरहवा पठाइएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2023 June 12, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया