अभिनेत्री भाग्यश्रीसहितका बलिउड कलाकार काठमाडौंमा

काठमाडौं । बलिउडका कलाकारहरू कार्यक्रममा सहभागी हुन काठमाडौं आएका छन् ।

भारतीय अभिनेत्री भाग्यश्रीसहितका कलाकारहरू शनिबार काठमाडौं ओर्लिएका छन् । भारतको कम्पनी क्याप्टिभेटिङ क्रियसन अवार्डमा सहभागी हुन उनीहरू नेपाल आएका हुन् ।

अभिनेत्री भाग्यश्रीले नेपाल आउँदा खुसी लागेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म नेपाल पहिले पनि आएकी थिएँ, मैले कुनै चाडपर्वको समयमा स–परिवार यहाँ आउने सोच बनाएकी छु ।’

कार्यक्रममा सहभागी हुन भारतीय कलाकार रञ्जीन, विन्दु दाह्रा सिंह, ध्वनी पवारलगायत काठमाडौं आएका छन् ।

काठमाडौं आएकी अभिनेत्री भाग्यश्री मैने प्यार किया फिल्मबाट चर्चित बनेकी हुन् । त्यसपछि उनी केही फिल्म खेले पनि चर्चामा आउन सकेकी थिइनन् ।

Published : Saturday, 2023 June 3, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया