इलाममा आफ्नै बुबाको हत्या गर्ने दीपक पक्राउ

काठमाडौं । प्रहरीले ईलाममा आफ्नै बुबा ७० वर्षीय लोकबहादुर कुमालको हत्या गरेको अभियोगमा ३२ वर्षीय दीपक कुमाललाई पक्राउ गरेको छ ।

माई नगरपालिका–२ चेप्टी बस्ने शुक्रबार बिहान प्रहरीले दीपकलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

दीपकले जेठ ८ गते अंश बण्डाको विषयमा विवाद भई कुटपिट गर्दा गम्भीर घाइते भएका लोकबहादुरको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दीपकलाई पक्राउ गरेको हो ।

Published : Friday, 2023 June 2, 9:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया