केटी साथीको नाममा ‘बुद्धिफ्राइ’ गर्ने युवक सुन्धाराबाट पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट २३ वर्षीय धर्मेन्द्रकुमार साहलाई सामाजिक सञ्जाल दुरुपयोग गरेर ठगी गरेको अभियोगमा पक्राउ गरेको छ ।

साह सामाजिक संजाल फेसबुकमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सप्तरीको बोदेबरसाइन नगरपालिका–१४ घर भई हाल काठमाडौं महानगरपालिका–२२ सुन्धारा बस्ने साहलाई फेसबुकमार्फत सम्पर्कमा आएकी केटी साथीको अनुमतिबिना पीडितकै मोबाईल लिएर मोबाईल बैंकिङ तथा खातामा पहुँच पुर्‍याई विभिन्न ई–सेवा तथा खल्ती वालेटमा रकम ट्रान्सफर गरी अनलाईनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि छ ।

साहलाई पक्राउ गरेर ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमा राखिएको छ ।

Published : Friday, 2023 June 2, 3:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया