‘पुष्पा २’को शुटिङ युनिट चढेको बस दुर्घटना

मुम्बई । दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को छायांकन भइरहेका बेला निर्माण टिमका सदस्यहरू बसेको बस दुर्घटनामा परेको छ ।

फिल्मको छायांकन भइरहँदा ‘पुष्पा २’ टिम चढेको बस हैदवाद–विजयवाडा राजमार्गमा बस दुर्घटना भएको हो । ‘पुष्पा २’मा अल्लु अर्जुन र रश्मिका मन्दनाले अभिनय गरेका छन् ।

राजमार्गमा निर्माण टिम चढेको बस र आरटिसी बस ठोकिएको थियो । दुर्घटनामा दुई जना कलाकार घाइते भएका छन् ।

उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । निर्माण टिमले घाइते हुने कलाकारको नाम सार्वजनिक गरेका छैनन् ।

सुकुमार निर्देशित फिल्म ‘पुष्पा २’मा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहनेछ ।

Published : Thursday, 2023 June 1, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया