काठमाडौंमा दुई करोडको तेलसहित आठ जना पक्राउ

काठमाडौं । प्रहरीले करिब २ करोड रुपियाँ बराबरको रक्तचन्दनको तेलसहित मानिसहरु पक्राउ गरेको छ ।

प्रहरीले तेलको अवैध रूपमा कारोबार गरेको अभियोगमा आठ जनालाई शुक्रबार पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने ३० वर्षीय सुशील पाठक, कालिकोटको रासकोट नगरपालिका–८ घर भई काठमाडौंको चाबहिल बस्ने २८ वर्षीय विनोद बराल, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१५ घर भई काठमाडौंको कलंकी बस्ने ३६ वर्षीय ज्ञानबहादुर ओली रहेका छन् ।

रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ घर भई काठमाडौंको काडाघारी बस्नेहरू ३५ वर्षीय नवीन दाहाल, ३९ वर्षीय गोकर्णहरि दाहाल, बाँकेको कोहलपुर नगरपालिका–११ घर भई काठमाडौंको चाबहिल सरस्वतीनगर बस्ने ५८ वर्षीय निलकान्त भुसाल, धादिङको निलकण्ठ नगरपालिका–९ घर भई काठमाडौंको जडिबुटी बस्ने ६३ वर्षीय मोहनबहादुर बिश्वकर्मा र सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–६ घर भई काठमाडौंको महांकाल बस्ने ४० वर्षीय खेमराज घिमिरेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रतिलिटर २ लाख ५० हजार रूपियाँको दरले अबैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छनापामारेको थियो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको छ ।

Published : Tuesday, 2023 May 30, 7:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया