काठमाडौंबाट गएको सीआईबीद्धारा तीन जना पक्राउ

काठमाडौं । नवलपरासीमा प्रहरीले ३ जनालाई गैडाको खागसहित पक्राउ गरेको छ ।

रामग्राम नगरपालिका–१८ धरमपुरबाट संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखने वस्तु १ थानसहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका–१८ धरमपुर बस्ने ६५ वर्षीय होमबहादुर विक, ४३ वर्षीय कृष्णबहादुर महतो र ६८ वर्षीय सिखाराम थारु रहेका छन् ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अबैध रुपमा ओसारपसार तथा खरिद बिक्री भइरहेको भन्ने बिशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) महाराजगंज काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) को समन्वयमा उनीहरूलाई उक्त वस्तुसहित पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी(पश्चिम) मार्फत डिभिजन वन कार्यालय नवलपरासीमा वुझाइएको छ ।

Published : Saturday, 2023 May 27, 10:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया