कोहलपुरकी पार्वतीलाई काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट लाखौं रुपियाँ ठगी गरेको अभियोगमा एक जना महिलालाई पक्राउ गरेको छ ।

स्विटजरल्याण्ड पठाइदिन्छु भनी ७ लाख रकम ठगी गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ स्थायी घर भएकी ४६ वर्षीया पार्वती थापालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

बाँकेको कोहलपुर नगरपालिका–११ दशबिघा बस्दै आएकी पार्वतीलाई प्रहरीले पक्राउ गरेको छ ।

पार्वतीलाई प्रहरीको टोलीले काठमाडौंको गंगबुबाट पक्राउ गरेको थियो ।

पक्राउ परेकी पार्वतीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ ।

पार्वतीले तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीका लागि स्वीटजरल्याण्ड पठाइदिन्छु भन्दै पटक–पटक गरी ७ लाख रुपियाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

Published : Monday, 2023 May 22, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया