शेयरबजारमा दोहोरो अङ्कले बृद्धि, सुधार हुन थाल्यो नेप्से

काठमाडौं । शेयरबजार नेप्से दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ अङ्कमा कायम भएको हो ।

बुधबार दुई सय ६६ वटा कम्पनीको २५ लाख ७७ हजार दुई सय १० कित्ता शेयर २५ हजार छ सय ३५ पटक खरिदबिक्री हुँदा ८५ करोड ७६ लाख २४ हजार तीन सय १८ बराबरको कारोबार भएको छ ।

सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय ७१ दशमलव २३ र जीवन बीमा समूह ९३ दशमलव ३७ अङ्कले बढेको छ ।

बैंकिङ समूह आठ दशमलव ६५, विकास बैंक ५४ दशमलव ९३, वित्त ३४ दशमलव ५६, होटल तथा पर्यटन समूह २० दशमलव ०२ र जलविद्युत् ४९ दशमलव २८ अङ्कले बढेको छ ।

लगानी समूह शून्य दशमलव ७०, उत्पादन तथा प्रशोधन ३७ दशमलव ८२, लघुवित्त ३१ दशमलव १८, म्युचुअल फन्ड शून्य दशमलव ०१, व्यापार १३ दशमलव १३ र अन्य समूह ३० दशमलव ८२ अङ्कले बढेको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने माईखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ९३ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको पाँच करोड ४६ लाख ५८ हजार छ सय ८५ बराबरको एक लाख ३६ हजार एक सय १० कित्ता शेयर किनबेच भएको छ ।

Published : Wednesday, 2023 May 17, 6:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया