सरकारले गाठी भाडा घटायो, कुन ठाउँमा जान कति लाग्छ ?

काठमाडौं । सरकारले लामो दुरीको यात्रुबाहक र मालबाहक गाडीको भाडा दर घटाएको छ ।

बुधबारदेखि लागू हुने गरी भाडादर घटेको जानकारी यातायात व्यवस्था विभागले सूचनामार्फत दिएको छ ।

मंगलबार डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपियाँले मूल्य घटेको थियो ।

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको छ ।

यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।

Published : Wednesday, 2023 May 17, 1:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया