सम्सीबाट २१ वर्षीय बरै जबरजस्ती करणी काण्डमा पक्राउ

काठमाडौं । प्रहरीले महोत्तरीबाट २१ वर्षीय रामनगिना राउत बरैलाई पक्राउ गरेको जनाएको छ ।

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सम्सी गाउँपालिका–४ भेटपुर टोल बस्ने बरैलाई गएराति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

बरैले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गैडाभेटपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Published : Wednesday, 2023 May 17, 12:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया