धरानमा अटोमेटिक पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले सुनसरीबाट तीन जनालाई हतियारसहित पक्राउ गरेको छ ।

धरान उप–महानगरपालिका–१७ डाँडाघोपा बस्ने २९ वर्षीय हुकमेन जिमी र वडा नम्बर १५ शहीद मार्ग बस्ने २४ वर्षीय रोहित राईलाई २ थान अटोमेटिक पेस्तोलसहित आइतबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । पक्राउ पर्नेमा धरानको वडा नं. १७ डाँडा घोपा बस्ने वर्षका २४ वर्षीय दीपक जिमी पनि रहेका छन् ।

ईलाका प्रहरी कार्यालय धरान र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले हुकमेन जिमीलाई उनकै घरमा लुकाई राखेको स्वचालित हतियार पेस्तोलका विभिन्न पार्टससहित फेला पारी पक्राउ गरेको थियो ।

थप सोधपुछको क्रममा उनले २ थान पेस्तोल खरिद गरी ल्याएकोमा १ थान आफूले राखेको र १ थान रोहित राईलाई दिएको भनि खुल्न आएपछि रोहित राईको घर तलासी गर्दा १ थान म्याग्जिनसहितको पेस्तोल फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

Published : Monday, 2023 May 15, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया