नायिका परिणितीले सांसदसँग इन्गेजमेन्ट गरिन्
मुम्बई । बलिउड नायिका परिणिती चोपडाले भारतको राजनीतिक दलका सांसदसँग इन्गेजमेन्ट गरेकी छिन् ।
शनिबार भारतको राजधानी नयाँदिल्लीमा नायिका परिणितीले आम आदमी पार्टीका सांसद राघव चड्डासँग इन्गेजमेन्ट गरेकी हुन् । इन्गेजमेन्ट कार्यक्रममा भारतीय राजनीतिज्ञदेखि सेलिव्रिटी सहभागी रहेका छन् ।
इन्डिया गेट नजिकको कपुरथला हाउसमा इन्गेजमेन्ट समारोह भएको थियो । बहिनीको टीकाटालोमा भाग लिन अभिनेत्री प्रियंका चोपडा समेत अमेरिकादेखि आइपुगेकी छिन् ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, पञ्जावका मुख्यमन्त्री भागवत मन, राजनीतिज्ञहरू कपिल सिब्बल, पि.चितरम्बरम, प्रियंका चतुर्वेदी, आदित्य ठाकरे लगायत करीव १ सय ५० जनालाई समारोहमा निम्तो गरिएको थियो ।
इन्गेजमेन्टका लागि राघवले पवन सचदेवको डिजाइन लगाएका छन् । परिणितीले मनीष मलहोत्राको डिजाइन लगाएकी छिन् ।
दुबै जनाले लण्डन स्कूल अफ इकोनोमिक्समा सँगै अध्ययन गरेका छन् । केही समयदेखि नै यी दुईबीचको अफेयर हल्लाको चलिरहेको थियो । एजेन्सी
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया