नायिका परिणितीले सांसदसँग इन्गेजमेन्ट गरिन्

मुम्बई । बलिउड नायिका परिणिती चोपडाले भारतको राजनीतिक दलका सांसदसँग इन्गेजमेन्ट गरेकी छिन् ।

शनिबार भारतको राजधानी नयाँदिल्लीमा नायिका परिणितीले आम आदमी पार्टीका सांसद राघव चड्डासँग इन्गेजमेन्ट गरेकी हुन् । इन्गेजमेन्ट कार्यक्रममा भारतीय राजनीतिज्ञदेखि सेलिव्रिटी सहभागी रहेका छन् ।

इन्डिया गेट नजिकको कपुरथला हाउसमा इन्गेजमेन्ट समारोह भएको थियो । बहिनीको टीकाटालोमा भाग लिन अभिनेत्री प्रियंका चोपडा समेत अमेरिकादेखि आइपुगेकी छिन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, पञ्जावका मुख्यमन्त्री भागवत मन, राजनीतिज्ञहरू कपिल सिब्बल, पि.चितरम्बरम, प्रियंका चतुर्वेदी, आदित्य ठाकरे लगायत करीव १ सय ५० जनालाई समारोहमा निम्तो गरिएको थियो ।

इन्गेजमेन्टका लागि राघवले पवन सचदेवको डिजाइन लगाएका छन् । परिणितीले मनीष मलहोत्राको डिजाइन लगाएकी छिन् ।

दुबै जनाले लण्डन स्कूल अफ इकोनोमिक्समा सँगै अध्ययन गरेका छन् । केही समयदेखि नै यी दुईबीचको अफेयर हल्लाको चलिरहेको थियो । एजेन्सी

Published : Saturday, 2023 May 13, 10:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया