निरजद्वारा होटेलमा छुरा प्रहार गरेर विनोदको हत्या

काठमाडौं । प्रहरीले धादिङबाट हत्याको अभियोगमा २६ वर्षीय निरज पण्डितलाई पक्राउ गरेको छ ।

गल्छी गाउँपालिका–८ कटरपौवा बस्ने मगरको हत्या गरेको अभियोगमा सोही गाउँपालिका–८ बस्ने २६ वर्षीय निरज पण्डितलाई बुधबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोही गाउँपालिका निबुवा बोटस्थित होटलमा निरजले छुरा प्रहार गर्दा विनोद गम्भीर घाइते भएका थिए ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी गल्छी र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले निरजलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते विनोदको अम्बे भरोषा अस्पताल गल्छी हुँदै नर्भिक अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

हत्याको घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Thursday, 2023 May 11, 12:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया