ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीद्वारा किशोर पक्राउ

काठमाडौं । उदयपुरमा १३ वर्षीया बालिका र १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भोजपुरको आमचोक गाउँपालिका–१० घर भई उदयपुरको चौदण्डीगडी नगरपालिका–४ बर्खेडाँडा डेरा गरी बस्ने १८ वर्षीय किशोर र उदयपुरको चौदण्डीगढी नगरपालिका–३ बसाह बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरूले ती बालिका र किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

जबरजस्ती करणको घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Monday, 2023 May 8, 7:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया