दाङमा तीन वर्ष जेठी किशोरीलाई किशोरद्वारा करणी

घोराही । दाङमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

तुलसीपुर उप–महानगरपालिका–३ दमारगाउँ घर भई हाल बबई गाउँपालिका–६ कौसीलापुर मामा घरमा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

किशोरले ती किशोरीलाई गत शनिबार ललाई फकाई आफ्नै खाली घरमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

किशोरीको आफन्तको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बेलुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उता, कञ्चनपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेदकोट नगरपालिका–१० बस्ने १८ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती किशोरीलाई गत सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी बिट दैजिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Published : Wednesday, 2023 May 3, 11:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया