चितवनका श्रेष्ठ कोटेश्वरबाट पक्राउ

काठमाडौं । प्रहरीले ३१ वर्षीय राजु श्रेष्ठलाई कोटेश्वरबाट पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीका लागि कम्बोडीया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवनको राप्ती नगरपालिका–९ लालपुर घर भई हाल भक्तपुरको जगाती बस्ने श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

श्रेष्ठले एक जना व्यक्तिलाई वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइ आरएफसी सेक्युरिटि गार्डमा १ लाख रुपियाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भनेर ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी ७ लाख रुपियाँ लिई ठगी गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

Published : Tuesday, 2023 May 2, 7:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया