छैमलेबाट १२ वर्षीया बालिका करणी गर्ने बलामी पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट १२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३७ वर्षीय पूर्णबहादुर बलामीलाई पक्राउ गरेको छ ।

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दक्षिणकाली नगरपालिका–८ छैमले घर भएका बलामीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

बलामीले ती बालिकालाई वैशाख १० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जबरजस्ती करणीको घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Tuesday, 2023 May 2, 10:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया