गेरुवाको निर्माणधीन घरभित्र किशोरी बलात्कृत

काठमाडौं । प्रहरीले बर्दियामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २४ वर्षीय सरोज चौधरीलाई पक्राउ गरेको छ ।

राजापुर नगरपालिका–१ बस्ने चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

गेरूवा गाउँपालिका–३ वालुवाटारस्थित निर्माणाधीन घरमा ती किशोरीलाई सरोजले शनिबार राति जबरजस्ती करणी गरेको आरोप छ ।

पीडितले दिएको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।

Published : Sunday, 2023 April 30, 10:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया