आफ्नै उमेर समूहकी महिलालाई करणी गर्ने शेरबहादुर पक्राउ

काठमाडौं । प्रहरीले झापा जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका–९ बाईस बिगे बस्ने ६४ वर्षीय शेरबहादुर नाल्बोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

शेरबहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जबरजस्ती करण गरेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Saturday, 2023 April 29, 6:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया