मुलुकको अर्थतन्त्र कहाली लाग्दो छैन : अर्थमन्त्री डा.महत
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र बाहिर भनिए जस्तो कहाली लाग्दो अवस्थामा नरहेको बताएका छन् ।
बुधबार राष्ट्रिय सभाको बैठकमा मन्त्री डा.महतले अर्थतन्त्र सुधारतर्फ उन्मुख गराउन सकिने अवस्थामा रहेको बताएका हुन् ।
उनले भने, ‘अर्थतन्त्र एकदम संकटग्रस्त भयो । समाप्तिको बाटोमा गयो भन्ने परसेप्सन निर्माण भएको छ । त्यस्तो स्थिती होइन ।
‘केही दबाब र अप्ठ्यारा अवश्य छन् । त्यसलाई फुकाउनेछौं’, अर्थमन्त्री डा.महतले भनेका छन् ।
डा.महतले अर्थतन्त्रलाई सुधारमा ल्याउनका लागि सरकारसँग ठोस प्रतिबद्धता रहेको बताएका छन् ।
अर्थतन्त्रलाई चलायमान बनाउने कुरा आज बोलेर भोलि तुरून्तै चमत्कार हुने नभई केही समय लाग्ने डा.महतले बताएका छन् ।
Published : Wednesday, 2023 April 26, 9:48 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया