नयाँ बानेश्वरमा दीपा–दीपकको फिल्म हल
काठमाडौं । अभिनेता दीपा निरौला र दीपकराज गिरीले मल्टिप्लेक्स फिल्म हल सञ्चालन गर्न लागेका छन् ।
दीपा र दीपकको संयुक्त लगानी रहेको फिल्म हल साउन १ गतेदेखि सञ्चालनमा आउनेछ । आईएनआई सिनेमाजको फ्रेन्चाइजीअन्तर्गत उनीहरूको फिल्म हल सञ्चालन हुनेछ ।
फिल्म हलको निर्माण कार्य धमाधम भइरहेको छ । नयाँ बानेश्वर चोकमा रहेको ‘नयाँ बानेश्वर सेन्टर’मा दीपा र दीपकको फिल्म हल निर्माण भइरहेको छ ।
फिल्म हल वैशाख १ गतेदेखि सञ्चालन गर्ने तयारी थियो । निर्माण कार्य ढिलो हुँदा अब साउन १ गतेदेखि फिल्म सञ्चालनमा आउनेछ ।
दीपा र दीपकले अर्को नयाँ फिल्म बनाउने भएका छन् । उनीहरूले नयाँ फिल्म निर्माणको तयारी सुरु गरिएको जनाएका छन् । सोसल ड्रामा फिल्मको छायांकन भदौदेखि सुरु हुनेछ । प्रदर्शन फागुनमा गर्ने तयारी छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया