नयाँ बानेश्वरमा दीपा–दीपकको फिल्म हल

काठमाडौं । अभिनेता दीपा निरौला र दीपकराज गिरीले मल्टिप्लेक्स फिल्म हल सञ्चालन गर्न लागेका छन् ।

दीपा र दीपकको संयुक्त लगानी रहेको फिल्म हल साउन १ गतेदेखि सञ्चालनमा आउनेछ । आईएनआई सिनेमाजको फ्रेन्चाइजीअन्तर्गत उनीहरूको फिल्म हल सञ्चालन हुनेछ ।

फिल्म हलको निर्माण कार्य धमाधम भइरहेको छ । नयाँ बानेश्वर चोकमा रहेको ‘नयाँ बानेश्वर सेन्टर’मा दीपा र दीपकको फिल्म हल निर्माण भइरहेको छ ।

फिल्म हल वैशाख १ गतेदेखि सञ्चालन गर्ने तयारी थियो । निर्माण कार्य ढिलो हुँदा अब साउन १ गतेदेखि फिल्म सञ्चालनमा आउनेछ ।

दीपा र दीपकले अर्को नयाँ फिल्म बनाउने भएका छन् । उनीहरूले नयाँ फिल्म निर्माणको तयारी सुरु गरिएको जनाएका छन् । सोसल ड्रामा फिल्मको छायांकन भदौदेखि सुरु हुनेछ । प्रदर्शन फागुनमा गर्ने तयारी छ ।

Published : Wednesday, 2023 April 26, 7:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया