पोखराकी विपना काठमाडौंमा प्रहरीद्वारा पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट ३४ वर्षीया विपना कुँवरलाई पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १८ स्थायी घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ जम्बुडाँडा बस्दै आएकी विपनालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । उनलाई प्रहरीले सोमबार साँझ जम्बुडाँडाबाट पक्राउ गरेको हो ।

विपनाले सुनिता गोतामेलाई वैदेशिक रोजागरीमा क्यानडा पठाइदिन्छु भनेर ९ लाख रुपियाँ लिएर ठगी गरेको अभियोग लागेको छ । सुनितासँग रकम लिएपछि विपना फरार भएकी थिइन् ।

विपनाविरुद्ध सुनिताले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन् । विभागको आदेशपछि प्रहरीले विपनालाई पक्राउ गरेर बुद्धनगर पठाएको छ ।

विपनाले सुनितालाई क्यानडा पठाइदिएर वेटरमा काम लगाइदिने प्रलोभन दिएकी थिइन् । उनले सुनितासँग पटक पटक गरेर ९ लाख असुलेकी थिइन् ।

Published : Wednesday, 2023 April 26, 12:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया