यौन व्यवसाय चलाउने अभिनेत्री आरती पक्राउ
मुम्बई । यौन व्यवसाय चलाएको अभियोगमा बलिउड अभिनेत्री आरती मित्तल पक्राउ परेकी छिन् ।
आरती बलिउडमा कास्टिङ निर्देशक पनि छिन् । फिल्म उद्योगमा सेक्स र्याकेट चलाएको आरोपमा मुम्बई प्रहरीले मंगलबार पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आरतीमाथि गैरकानूनी तस्करी र वेश्यावृत्तिअन्तर्गत कानूनी कारबाही चलाएको छ ।
सेक्स र्याकेटमा रहेका अन्य मोडललाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ । पक्राउ परेका मोडलहरूलाई रिह्याब सेन्टर पठाइएको छ ।
अभिनेत्री आरतीले पैसाको लोभ देखाएर फिल्म क्षेत्रमा संघर्षरत मोडलहरूलाई यौन कार्यमा पठाउने गरेको प्रहरीले जनाएको छ । प्रहरीले गोप्य अप्रेशन गरेर आरतीलाई पक्राउ गरेको थियो ।
आरतीले अप्रेशनमा रहेका प्रहरीलाई नचिनेर ग्राहक सम्झिएर होटेल बुक गराउनुका साथै ६० हजार भारतीय रुपियाँ मागेकी थिइन् ।
आरतीले भारतीय टिभी सिरियल ‘अपनापन’मा समेत काम गरेकी छिन् । बलिउडमा यौन व्यवसाय चलाउनेहरूको कमी छैन । बेलाबेला यस्ता घटनाहरू आउने गरेका छन् । एजेन्सी
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया