विवाह नहुँदै गर्भवती बनिन् नायिका इलियाना

काठमाडौं । बलिउड नायिका इलियाना डिक्रुज गर्भवती बनेकी छिन् ।

इलियानाले आफू आमा बन्न लागेको जानकारी दिएकी छिन् । इन्स्टाग्राममा बच्चाको लुगाको तस्बिर सेयर गर्दै आफूले बच्चा जन्माउन लागेको जनाएकी छिन् ।

उनले भनेकी छिन्, ‘छिट्टै आउँदैछ । आफ्नो सानो प्रियसँग भेट्न धेरै प्रतीक्षा गर्न सक्दिनँ ।’

लुगामा लेखिएको छ, ‘एडभेन्चर सुरू हुँदैछ ।’ इलियानाले तस्बिर सार्वजनिक गरेसँगै बधाई आइरहेको छ ।

इलियानाको विवाह भएको छैन । इलियाना नायिका कट्रीना कैफको भाइ सेबस्टियन लोरेन माइकलसँग प्रेमसम्बन्धमा छिन् ।

केही समयअघि दुवै विक्की कौशल र कट्रीनासँग देखिएका थिए ।

इलियाना पछिल्लो समय फिल्म ‘द बिग बुल’मा देखिएकी छिन् । उनको ‘सब गजब’ गीत सार्वजनिक भएको थियो ।

इलियाना रणदीप हुड्डासँग फिल्म ‘अनफेयर एन्ड लभली’मा देखिनेछिन् । फिल्म ‘बर्फी’बाट इलियानाले अभिनय शुरु गरेकी थिइन् । एजेन्सी

Published : Wednesday, 2023 April 19, 7:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया