बानेश्वरबाट विमला पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान, कार्यालय मीनभवनले ५१ वर्षीया महिला विमला थापालाई पक्राउ गरेको छ ।

विमलाले मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । सोमबार उनलाई पक्राउ गरिएको थियो ।

विमला काठमाडौं महानगरपालिका–१० बानेश्वर थापागाउँ बस्दै आएकी थिइन् ।

उनले वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु भनेर ठगी गरेको अभियोग लागेको छ ।

राम्रो कम्पनीमा काम लगाईदिन्छु भन्दै उनले पीडितलाई प्रलोभनमा पारी रकम लिई ठगी गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वर थापागाउँबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

Published : Monday, 2023 April 17, 10:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया