बिएमडब्लु मोटरसाइकलबाट नेपाल आए सुपरस्टार अजित कुमार

काठमाडौं । दक्षिण भारतीय फिल्मका अभिनेता अजित कुमार नेपाल आएका छन् ।

अजित कुमार भारतबाट बिएमडब्लु मोटरसाईकल चलाएर नेपाल आएका हुन् । अजित कुमार धनुषाको ढल्केबरमा देखिएको तस्वीर सामाजिक सञ्जालमा भाइलर बनेको छ ।

लोकप्रिय भारतीय सुपरस्टार अभिनेता अजित कुमार आफ्ना साथीहरूसँग बाइकमा नेपालको ढल्केबरमा आएका हुन् ।

अभिनेता अजित कुमारका फिल्महरू भारतका साथै नेपालमा पनि चर्चित छन् ।

Published : Monday, 2023 April 17, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया