तुलसीपुरका शर्मा काठमाडौंमा पक्राउ, विकाश नयाँ बानेश्वर मै समातिए

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले ३३ वर्षीय सन्देश शर्मालाई पक्राउ गरेको छ ।

शर्मालाई प्रहरीले बुधबार काठमाडौंबाट पक्राउ गरिएको विज्ञप्तिमार्फत जनाएको छ । दाङको तुलसीपुर उप–महानगरपालिका वडा नं. १६ स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नं. २८ हरिसिद्धि बस्दै आएका शर्मालाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।

शर्माले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भनि करोडौं रुपियाँ उठाएर ठगी गरेको अभियोग लागेको छ ।

शर्माले केशव दुलाल, सानु भण्डारी, सागर राई समेतको संयुक्त मिलोमतोमा ठगीको गरेको अनुसन्धानबाट खुलेको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने काण्डमा एमालेका सचिव टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा र सुरक्षा सल्लाहकार ईन्द्र राईको नाम आएको छ ।

त्यसैगरी प्रहरीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. २ घर भई हाल काठमाडौंको महाँकाल बस्दै आएका ३९ वर्षीय विकाश तामाङलाई पक्राउ गरेको छ ।

तामाङ बैंकिङ कसूरमा फरार रहेका थिए । उनलाई प्रहरीले बुधबार काठमाडौंको नयाँ बानेश्वरबाट पत्राउ गरेको छ ।

बैंकिङ कसूरमा अदालतले तामाङविरुद्ध एक करोड २५ लाख बिगो भराउन आदेश दिएको छ । त्यसपछि तामाङ फरार भएका थिए ।

Published : Thursday, 2023 April 13, 10:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया