मण्डिखाटारबाट दुई जना र बयानका आधारमा गंगबुबाट अर्का मान्छे पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले तीन जनालाई चोरीको अभियोगमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चिवतनको टाँडी घर भइ हालकाठमाडौंमा बस्दै आएका २० वर्षीय अर्जुन परियार ‘बसन्त’, रुपन्देहीको बुटवल ५ जानकीनगर घर भई हाल काठमाडौंको मण्डिखाटार बस्ने १८ वर्षीय रोशन गौतम र नुवाकोटको विदुर १२ पिपलडाँडा स्थायी घर भई हाल काठमाडौंको गंगबुमा बस्दै आएका ३८ वर्षीय तुलबहादुर विश्वकर्मालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सूचना अधिकारी तथा प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले काठमाडौंको धापासी हाइटस्थित भेषराज दाहालको कोठाको ढोका फोडेर विभिन्न गरगहना तथा नगद गरि ८ लाख ९१ हजार २५० मूल्य बराबरको धनमाल चोरी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको बताएका छन् ।

पक्राउ परेका अर्जुन परियार र रोशन गौतम मण्डिखाटारस्थित गेष्ट हाउसमा बस्दै आएका थिए ।

प्रहरीले अर्जुन र रोशनलाई चैत ९ गते मण्डिखाटारस्थित गेष्ट हाउसबाट पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरूले चोरी भएको सुनका गरगहना गंगबु नयाँ बसपार्कस्थित पञ्चकन्या स्वेलर्समा बिक्री गरेको खुलेको थियो ।

चोरीका सुनका गरगहना खरिद गर्ने तुलबहादुर विश्वकर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्जुन र रोशनको समूहले विगतमा रातको समयमा टिन टापन चोरी गर्दै आएको थियो । पछि यो समूहले दिउँसै चोरी गर्न थालेको थियो ।

उनीहरूले स्थानीय एरियाको गुष्ट हाउसको कोठा भाडामा लिएर बस्ने तथा चोरीको नगद बुझाउ र पैसा सकिएमा उद्यारोमा बस्दै आएका थिए ।

चोरी गरि लगेको नगद होलमा बसी खर्च गर्ने, नयाँ नयाँ केटी साथी बनाउने र केटी साथीहरूलाई लुगा जत्ता लगायतका सामग्रीहरू खरिद गरिदिने गरेको अनुसन्धानका क्रममा खुलेको एसपी राठौरले बताएका छन् ।

पछिल्लो केटी साथीलाई १२ हजार बराबरको खरिद गरेको, २२ हजार बराबरको एक थान मोबाइल समेत खरिद गरिदिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

Published : Friday, 2023 March 24, 5:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया