‘आरआरआर’ले जित्यो ओस्कार अवार्ड
मुम्बई । भारतले ‘आरआरआर’ फिल्मबाट ओस्कार अवार्ड पाएको छ ।
सन् २०२३ को ओस्कारमा भारतले दुईवटा अवार्ड पाएको छ ।
निर्देशक एसएस राजामौलीको फिल्म आरआरआरको गीत ‘नाटु–नाटु’ ले ‘बेस्ट ओरिजिनल गीत’ विधामा ओस्कार अवार्ड जितेको छ । ‘नाटु–नातु’ ओस्कार जित्ने पहिलो भारतीय प्रोडक्सनले बनाएको गीत हो ।
गीतका संगीतकार एमएम किरावाणीले अवार्ड जितेपछि एकेडेमी अवार्डलाई धन्यवाद दिएका छन् ।
उनले भनेका छन्, ‘म सिकर्मीहरूको कुरा सुनेर हुर्केको मान्छेले आज ओस्कार जितेको छु ।’
यसअघि भारतको ‘द एलिफन्ट व्हिस्पर्स’ले उत्कृष्ट वृत्तचित्र सर्ट फिल्मको लागि ओस्कार अवार्ड जितेको थियो ।
ओस्कार अवार्डको स्टेजमा नाटु–नाटु गीत पनि प्रस्तुत गरिएको थियो । गीतको नृत्यलाई दर्शकले रुचाएका छन् । एजेन्सी
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया