गायक राजेशपायल राईले छोरालाई तातोपानी हालेर घाइते बनाएका हुन् ?

काठमाडौं । गायक राजेशपायल राईले आफूविरुद्ध आएका समाचारप्रति आक्रोश पोखेका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफूविरुद्ध समाचार लेख्ने पत्रकार र युट्युबप्रति आक्रोश पोखेका हुन् । उनले भनेका छन्, ‘गम्भीर आपति । प्रमाण ल्याउनुभयो भने तपाईंको पाउमा मेरो शिर राखी दिन्छु ।’

‘एउटा स्टाटस कै भरमा कसैलाई यती ठूलो गाली गलौज लेख्न मिल्छ ?’, राईले प्रश्न गर्दै लेखेका छन्, ‘थमबनेलमा त्यसरी डिस्क्रिब्सन दिन मिल्छ ?’

‘मेरो व्यक्तिगत डिटेल्स छाप्न मिल्छ ? बिना प्रमाण यत्रो मानहानी गर्न मिल्छ ?’, गायक राईले आगो हुँदै प्रश्न गरेका छन् ।

‘अनेक–अनेक तुच्छ भाषा प्रयोग गर्न मिल्छ ? आउनुस् म च्यालेन्ज दिन्छु यदि प्रमाण ल्याउनुभयो भने तपाईंको पाउमा मेरो शिर राखी दिन्छु’, उनले भनेका छन् ।

उनले भनेका छन्, ‘हिजो घटेको घटना रहेछ । बच्चालाई हस्पिटल लगेको होला । नलेगेनी हिजो खन्याएको तातो पानी त ! पक्कै पानी फोका उठ्यो होला । रातो दाग होला ! घाऊ होला । प्रमाण ल्याउनुस् मेरो शिर तपाईंको हातमा राखिन भने म किराँती होइन ।’

‘यदि मेरो नाम प्रयोग गरेर आफ्नो पत्रकारिता, यानेकी तपाईंको चुल्हो बल्छ भने म खुशी नै हुन्छु र अझ प्रार्थनै गर्छु मलाई झन सराप्नुस् ।’

उनले भने, ‘तर त्यति गर्दा चै तपाईंको चुल्हो बल्नुपर्छ नी ?’

‘अँ हिजोको चल्लो आजको के रे ? र…मेरो भलो नचिताउने, मेरो क्यारियर समाप्त गराउने गिरोह सक्रिय हुन लागेको हुँदा, आउँदा दिनहरूमा ममाथि यस्तै कुनै षड्यन्त्र भयो भने आश्चार्य मान्नुपर्ने छैन ।’

‘आशा छ त्यो क्षणमा मलाई मेरा शुभचिन्तक, साथीभाइ र सञ्चारकर्मीले सत्यको बाटोमा सहयोग गरिदिनु हुनेछ ।’

गायक राईले आफ्नो सानो छोरालाई तातोपानी हालेर घाइते बनाएका समाचार आएपछि आक्रोशित भएका छन् ।

लिभिङ टुगेदरमा बस्दै आफ्नी प्रेमिकासँग विवाह दर्ता गरेको प्रमाणपत्र लिक भएपछि पनि गायक राई रिसाएका छन् ।

गायक राईकी पत्नी साङबुङ राईले फेसबुकमा लेखेकी थिइन्, ‘आज मेरो दुधे बालक बोली पनि नफुट्ने बच्चालाई तातो उम्मेलको पानी खन्याएउ, भोलि गएर हामी आमाछोरालाई उम्लेको पानी खन्याउनु बेर लगाइ देउनउ । मेरो सानु छिटो निको हुनु । पापीबाउ ।’

साङबुङको त्यो स्टाटस सत्य हो वा होइन केही भनिएको छैन । गायक राईले पनि त्यो स्टाटसको खण्डन गरेका छैनन् । बरु सानो स्टाटसको यति ठूलो समाचार भनेर आफैले लेखेका छन् ।

Published : Thursday, 2023 March 9, 10:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया