आफूभन्दा निकै कम उमेरकी युवतीसँग राजेशपायल राईको बिहे

काठमाडौं । गायक राजेशपायल राईले ४७ वर्षको उमेरमा विवाह गरेका छन् ।

गायक राईले आफ्नी प्रेमिका साङबुङ राईसँग औपचारिक रुपमा विवाह गरेका हुन् । गायक राईको उमेरभन्दा पत्नीको उमेर दोब्बरभन्दा पनि धेरै कम छ ।

काठमाडौं महानगरपालिकाको वडा नं. ३१ को कार्यालयमा विवाह दर्ता गराएपछि राईको विवाह भएको खुलासा भएको छ । राईले आफ्नो प्रेमिका र विवाहलाई लुकाउँदै आएका थिए ।

गायक राईले आफूभन्दा निकै कम उमेरकी युवतीसँग विवाह गरेका छन् । गायक राईको जन्ममिति बिक्रम संवत २०३२ असोज १४ गते रहेको छ । उनकी पत्नी साङबुङको जन्ममिति बिक्रम संवत २०५८ साउन १४ गते रहेको छ । गायक राई र साङबुङबीचको उमेर करीव २६ वर्षको फरक छ ।

गायक राईले मंसिर २६ गते काठमाडौं महानगरपालिका–३१ को वडा कार्यालयमा विवाह दर्ता गरेका छन् । गायक राईले भदौ १ गते साङबुङसँग विवाह गरेको बताइएको छ ।

गायक राई र साङबुङको एउटा सन्तानको छ । गायक राई र साङबुङ लिभिङ टुगेदरमा बस्दै आएका थिए ।

Published : Wednesday, 2023 March 8, 7:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया