पतिविरुद्ध अभिनेत्री निशाले अंशबण्डाको मुद्धा हालिन्, सम्बन्ध बिच्छेदमा मौन

काठमाडौं । अभिनेत्री निशा अधिकारीले पतिविरुद्ध अंशबण्डाको मुद्धा दायर गरेकी छिन् ।

निशाले शरद भेषावकरविरुद्ध अदालतमा मुद्धा दिएकी हुन् । निशाका पति शरद भेषावकर क्रिकेटर हुन् ।

अदालतमा मुद्धा दायर भएपछि निशा र शरदको वैवाहिक सम्बन्ध संकटमा परेको छ ।

निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध दायर गरेको अंशवण्डाको मुद्दामा अदालतले सम्पत्तिको फाँटबारी माग गर्न आदेश दिएको छ ।

अदालतको वेबसाइटमा न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले सम्पत्तिको फाँटबारी माग्न आदेश दिएको छ ।

नाबालक छोरासमेतलाई अंशभाग लगाउनुपर्ने माग गर्दै निशाले पति शरदविरुद्ध मुद्दा हालेकी छिन् । निशाले भदौ २८ गते अंश चलनको मुद्दा दायर गरेकी थिइन् ।

अभिनेत्री निशा र क्रिकेटर शरदबीच २०७४ सालमा विवाह भएको थियो । २०७५ सालमा अमेरिकामा पुगेर निशाले छोरालाई जन्म दिएकी थिइन् । निशा र शरद नेपालमा बस्दै आएका छन् ।

अभिनेत्री निशाले अंशवण्डा मुद्दा दायर गरे पनि सम्बन्धविच्छेदको मुद्दा हालेकी छैनिन् ।

Published : Sunday, 2023 March 5, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया