पतिविरुद्ध अभिनेत्री निशाले अंशबण्डाको मुद्धा हालिन्, सम्बन्ध बिच्छेदमा मौन
काठमाडौं । अभिनेत्री निशा अधिकारीले पतिविरुद्ध अंशबण्डाको मुद्धा दायर गरेकी छिन् ।
निशाले शरद भेषावकरविरुद्ध अदालतमा मुद्धा दिएकी हुन् । निशाका पति शरद भेषावकर क्रिकेटर हुन् ।
अदालतमा मुद्धा दायर भएपछि निशा र शरदको वैवाहिक सम्बन्ध संकटमा परेको छ ।
निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध दायर गरेको अंशवण्डाको मुद्दामा अदालतले सम्पत्तिको फाँटबारी माग गर्न आदेश दिएको छ ।
अदालतको वेबसाइटमा न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले सम्पत्तिको फाँटबारी माग्न आदेश दिएको छ ।
नाबालक छोरासमेतलाई अंशभाग लगाउनुपर्ने माग गर्दै निशाले पति शरदविरुद्ध मुद्दा हालेकी छिन् । निशाले भदौ २८ गते अंश चलनको मुद्दा दायर गरेकी थिइन् ।
अभिनेत्री निशा र क्रिकेटर शरदबीच २०७४ सालमा विवाह भएको थियो । २०७५ सालमा अमेरिकामा पुगेर निशाले छोरालाई जन्म दिएकी थिइन् । निशा र शरद नेपालमा बस्दै आएका छन् ।
अभिनेत्री निशाले अंशवण्डा मुद्दा दायर गरे पनि सम्बन्धविच्छेदको मुद्दा हालेकी छैनिन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया