अभिनेत्री सुस्मितालाई हृदयघात

मुम्बई । भारतीय अभिनेत्री सुस्मिता सेनले आफूलाई हृदयघात भएको बताएकी छिन् ।

ईन्स्टाग्राममार्फत सुस्मिताले हृदयघात भएको जनाएकी हुन् । सुस्मिताले लेखेकी छिन्, ‘आफ्नो हृदयलाई खुसी र साहसी तुल्याउनुस् । जब तपाईंलाई आवश्यक पर्छ, यो तपाईंसँगै उभिन्छ ।’

‘मलाई केही दिनअघि हृदयघात भएको थियो । एन्जियोप्लास्टी गरें’, सुस्मिताले भनेकी छिन्, ‘स्टेन्ट राखिएको छ । सबैभन्दा महत्वपूर्ण कुरा, मेरो हृदयरोग विशेषज्ञले मसँग ठूलो मुटु छ भनेर पुनः पुष्टि गरेका छन् ।’

‘समयमै सहयोग र रचनात्मक कार्यको लागि सबैलाई धन्यवाद’, उनले भनेकी छिन्, ‘यो पोष्ट तपाईं (मेरा शुभचिन्तक र प्रियजनहरू)लाई शुभ समाचारको बारेमा जानकारी गराउनका लागि हो ।’

‘सबै ठीक छ र म फेरि बाँकी जीवनको लागि तयार छु’, उनले भनेकी छिन्, ‘म तपाईंलाई माया गर्छु ।’
अभिनेत्री सुस्मिता चाँडै ‘आर्य’ सिजन ३ मा देखिनेछिन् ।

यसअघि सन् २०१९ मा सुस्मिताले इन्स्टाग्राममा आउनुको कारण आफ्नो खराब स्वास्थ्य रहेको बताएकी थिइन् । एजेन्सी

Published : Friday, 2023 March 3, 10:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया