नेपाल वायुसेवा निगम र आईएमई पेबीच भुक्तानीसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल वायुसेवा निगम र आईएमई पेबीच भुक्तानीसम्बन्धी विषयमा सम्झौता भएको छ ।

ग्राहकवर्गहरूले नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुकिङ गर्दा आईएमई पेमार्फत भुक्तानी गर्न सकिने सम्झौतामा उल्लेख छ ।

नेपाल एयरलाइन्सको वेबसाइट भिजिट गरी आफ्नो आवश्यकता अनुरुपको गन्तव्य स्थान, मिति, मागिएको विवरण भरेर टिकट बुकिङको सजिलै भुक्तानी गर्न सकिनेछ ।

ग्राहकवर्गलाई भुक्तानी प्रक्रिया सहज पार्न र साथै विद्युतीय भुक्तानीलाई अबल पार्ने उद्देश्यका साथ यो सम्झौता गरिएको हो ।

यसअघि नेपाल वायुसेवा निमगले ई–सेवाबाट पनि सम्झौता गरिसकेको छ ।

Published : Monday, 2023 February 27, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया