बारामा जिल्लास्तरीय सितोरियो कराते प्रतियोगिता

रञ्जन यादब

बारा । बाराको जीतपुरमा नेपोभिट टायल्स ७औँ जिल्लास्तरीय सितोरियो कराते प्रतियोगिता सुरु भएको छ ।

जीतपुर डोजोको ४० वर्ष लामो ईतिहाँस भएपनि कुनै पनि संघ संस्थाले अहिलेसम्म खेलाडीहरूलाई प्रतियोगितामा सहभागी गराएको थिएन ।

प्रतियोगितामा २० देखि ६७ किलो बजनका महिला र पुरुष खेलाडीहरूको सहभागिता रहेको छ ।

जिल्लास्तरीय सितोरियो कराते प्रतियोगितामा जिल्लाका बिभिन्न ठाउँबाट ३ सय ८० जना खेलाडीहरूको सहभागिता रहेको छ ।

जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नं. ७ को वडा सदस्य सीता उप्रेतीले वडास्तरीय बजेटबाट ७औं जिल्लास्तरीय कराते प्रतियोगिता गराउनको लागि नेपाल सितोरियो कराते डोजो शाखालाई १ लाख ४० हजारको खेलकुद सामग्री उपलब्ध गराएको बताइन् ।

प्रतियोगिताको पहिला दिन जीतपुरको निजी विद्यालयका विद्यार्थी तथा कराँतेका खेलाडीहरूले जीतपुर परिक्रमा गरेका छन् ।

शनिबार हुने फाइनल खेलमा पुरुषतर्फ २० केजीका आयुष चौधरी सत्यम सिम्खडा, २५ केजीका सोनु दास, रवि मुखिया, ३० केजीका एस सिह, प्रिन्स पटेल, ४० केजीका चन्दन मुखिया सौरभ कुशावाहा, ४५ केजिका बिशन थापा, दीपक चौधरी, ५० केजीका बिनेश पटेल, मितलेश साह, ५५ केजिका राजकुमार साह, अरबाज खान, ६० केजीका प्रबेज खान, चन्द्रप्रकाश चौरसिय, ६५ केजिका तजिर खाना, श्रीकृष्ण श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फ ३० केजी समूहका अनिसा दास, अन्नु श्रेष्ठ, ३५ केजीमा रिया पटेल, आयुसा राई, ४० केजीमा ज्योति पाण्डे, विभा साह, ४५ केजीमा ज्ञानु विश्वकार्मा, एलिसा राई, ५०केजीमा कृपा अधिकारी, सरिसमा कुशवाहा, ५५ केजीमा राधिका चौधरी, अन्जली चौधरीबीच प्रतिस्पर्धा हुने जीतपुर डोजो शाखाका अध्यक्ष मनोज साहले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम हुने विजेतालाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपियाँ, मेडल र शिल्ड प्रदान गरिने जीतपुर डोजो शाखाका अध्यक्ष साहले बताए ।

प्रतियोगिता अवधिभर करिब ४ लाख ३५ हजार ५ सय रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

Published : Friday, 2023 February 24, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया