कालोसूचीमा परेका व्यक्तिहरूबारे राष्ट्र बैंकको डेन्जर निर्णय

काठमाडौं । कालोसूचीमा परेका व्यक्तिहरूले बैंक तथा वित्तीय संस्था निक्षेप खाता खोलेर बचत गर्न नपाउने भएका छन् ।

राष्ट्र बैंकको एकीकृत निर्देशिकाअनुसार कालोसूचीमा परेका व्यक्तिले बैंकमा खाता खोल्ने र निक्षेपको सुविधा नपाउने भएका हुन् ।

यसअघिको एकीकृत निर्देशनमा कालोसूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी र संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता खोल्न नपाउने व्यवस्था रहे पनि बैंकले त्यस्ता खाता खोल्नुअघि कर्जा सूचना केन्द्रबाट सूचना लिनुपर्ने अनिवार्य व्यवस्था थिएन ।

नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले निक्षेप खाता खोल्नुअघि सम्बन्धित व्यक्ति कालोसूचीमा परेको वा नपरेको सम्बन्धमा कर्जा सूचना केन्द्रबाट सूचना लिनुपर्नेछ ।

राष्ट्र बैंकले सूचना केन्द्रबाट जानकारी लिँदा लागेको शुल्क ग्राहकबाट असुल्न नपाइने निर्णय गरेको छ ।

Published : Sunday, 2023 February 12, 7:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया