‘मेरो मनमा तिमी’ रिलिज, नरेश र अनुको स्वर
काठमाडौं । गायक नरेश खाती र गायिका अनु चौधरीको स्वरमा ‘मेरो मनमा तिमी’ बोलको गीत रिलिज भएको छ ।
‘मेरो मनमा तिमी’का संगीतकार समेत रहेका गायक खातीले शुक्रबार ‘मेक्सम नरेश अफिसियल’ युट्युबबाट गीत रिलिज गरेका हुन् ।
गीतको रचना यादव पौडेलले गरेका छन् । गीतको एरेन्ज पुरुषोत्तम न्यौपानेले गरेका छन् ।
गरिव विवाहित जोडीको पति–पत्नीबीचको मायाप्रेमलाई आधार बनाएर गीतको शब्द लेखिएका छन् ।
म्युजिक भिडियोमा पनि सामान्य परिवारको विवाहित जोडीको कथालाई समेटिएको छ ।
गायक खातीका संगीत रचनाहरू राम्रा रहन्छन् । उनका गीतहरू दर्शक स्रोताले धेरै रुचाउनेमा पर्छन् ।
म्युजिक भिडियोको निर्देशन क्रान्ति केसीले गरेका छन् । नरेश खाती र उषा उप्रेतीको अभिनय भिडियोमा देख्न पाइन्छ । बालकलाकार सिजनी शर्मा रहेकी छिन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया