‘मेरो मनमा तिमी’ रिलिज, नरेश र अनुको स्वर

काठमाडौं । गायक नरेश खाती र गायिका अनु चौधरीको स्वरमा ‘मेरो मनमा तिमी’ बोलको गीत रिलिज भएको छ ।

‘मेरो मनमा तिमी’का संगीतकार समेत रहेका गायक खातीले शुक्रबार ‘मेक्सम नरेश अफिसियल’ युट्युबबाट गीत रिलिज गरेका हुन् ।

गीतको रचना यादव पौडेलले गरेका छन् । गीतको एरेन्ज पुरुषोत्तम न्यौपानेले गरेका छन् ।

गरिव विवाहित जोडीको पति–पत्नीबीचको मायाप्रेमलाई आधार बनाएर गीतको शब्द लेखिएका छन् ।

म्युजिक भिडियोमा पनि सामान्य परिवारको विवाहित जोडीको कथालाई समेटिएको छ ।

गायक खातीका संगीत रचनाहरू राम्रा रहन्छन् । उनका गीतहरू दर्शक स्रोताले धेरै रुचाउनेमा पर्छन् ।

म्युजिक भिडियोको निर्देशन क्रान्ति केसीले गरेका छन् । नरेश खाती र उषा उप्रेतीको अभिनय भिडियोमा देख्न पाइन्छ । बालकलाकार सिजनी शर्मा रहेकी छिन् ।

Published : Saturday, 2023 February 4, 10:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया