प्रकाश शाही काठमाडौंमा पक्राउ

काठमाडौं । प्रहरीले मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४१ वर्षीय प्रकाश धिमाल (प्रकाश शाही ठकुरी)लाई पक्राउ गरेको छ ।

झापाको दमक नगरपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–१४ बस्ने धिमाललाई सोमबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पीडितको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय मानब बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले धिमाललाई काठमाडौं महानगरपालिका–७ चावहिलबाट पक्राउ गरेको हो ।

म्यानपावर एजेन्टको काम गर्ने धिमालले कुवेतमा फ्रि भिसा र फ्रि टिकटमा राम्रो कमाई हुने काममा पठाइदिने भनि राहदानी लगायतका आवश्यक कागजपत्र बनाई ३÷४ जना महिलालाई २०७९ वैशाख १२ गते काठमाडौंबाट भिजिट भिसामा दुबई हुँदै कुवेत लगि ९ सय कुवेती दिनारमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

पीडितलाई दैनिक १० घण्टासम्म काममा लगाई श्रम शोषण गरेकोमा उपचार गर्नका लागि स्थानीय अस्पताल गएको समयमा पीडित उक्त अस्पतालबाट भागी कुवेतस्थित नेपाली राजदूतावासको सम्पर्कमा आएपश्चात उनलाई २०७९ असोज १४ गते उद्दार गरी नेपाल फिर्ता ल्याइएको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Thursday, 2023 January 26, 7:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया