निगममा बिक्री व्यवस्थापन सुदृढ गर्न छलफल, आठ सदस्यीय कार्यदल गठन

काठमाडौं । नेपाल वायुसेवा निगमले अनलाईनबाट टिकट बिक्रीलगायतका विभिन्न विषयमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टससँग अन्तरक्रिया गरेको छ ।

बुधबार निगमको कार्यालय न्युरोडमा भएको अन्तरक्रियामा निगमको टिकट बिक्री वृद्धि गर्न र विदेशी पर्यटकहरू धेरैभन्दा धेरै भित्र्याउनका लािग विभिन्न निर्णयहरू भएका छन् ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सराेकारवाला निकायसँग परामर्श गरेर कार्यदल बनाएका छन् ।

ग्रेस फेयर, न्यायोचित र सरलिकृत ढंगमा टिकटहरूको बिक्री व्यवस्थापन, ग्रुप फेयर र भोइड टिकट चार्ज, फ्लाईटसम्बन्धी प्रभावकारी जानकारी आदिका विषयमा छलफल भएको निगमकी प्रवक्ता अर्चना खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न विषयहरूमा १५ दिनभित्र समस्याहरूको समाधान गर्ने गरी निगम र एजेन्टसहरूबाट ४/४ जना प्रतिनिधिहरू रहने गरी कार्यदल गठन भएको छ ।

कार्यदलमा निगमबाट जनकराज कालाखेती (निर्देशक, वाणिज्य विभाग), उमेश पौडेल (निर्देशक, अर्थ विभाग), अनिल घिमिरे (निर्देशक, साधारणसेवा तथा सम्पत्ति व्यवस्थापन विभाग र सन्तोष पाण्डे (उप–निर्देशक, वाणिज्य विभाग) रहेका छन् ।

एसोसिएसनबाट प्रमोद दाहाल (वरिष्ठ उपाध्यक्ष), कुमारमणि थपलिया (महासचिव), राजकुमार देवकोटा (कोषाध्यक्ष र सवला भण्डारी (कार्यसमिति सदस्य) सदस्य रहेका छन् ।

अन्तरक्रियामा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, सञ्चालक समितिका सदस्यहरू क्याप्टन सुधिर राई तथा अमृतमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टसबाट अध्यक्ष रमेश थापासहितका कार्यसमितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

वर्तमान व्यवसथपन आए पछि २/३ वर्ष देखिजहज खरिद गर्दा तिर्न नसकेको ऋण पनि करिब तीन अर्ब जति संचय कोष र नागरिक लगानी कोष लाई तिरिएको छ।

Published : Wednesday, 2023 January 25, 11:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया