नबिल बैंकले सिजी र एलजीका खरिदमा छुट दिने

काठमाडौं । सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा नबिल बैंकले छुट दिने योजना सार्वजनिक गरेको छ ।

आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा सहयोग गर्न यो सुविधा ल्याइएको छ ।

नबिल बैंकले सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको जनाएको छ ।

नबिल बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफस्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामान खरिदमा २० प्रतिशत अग्रिम छुट पाउनेछन् ।

डिजिटल कारोबारमा छुटको व्यवस्थाले बैंकका ग्राहकलाई थप सहज हुनेछ ।

नबिल बैंकका खुद्रा कारोबार प्रमुख निरज शर्माले ग्राहकहरूको सुविधाका लागि आफूहरू सधैँ तत्पर रहेको बताएका छन् । सुविधा लिन नबिल बैंकको कार्ड आवश्यक पर्नेछ ।

नबिल बैंकले सुविधा सीमित अवधिको लागि छुट दिइएको जनाएको छ ।

देशको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य अनुरुप बैंकले डिजिटल बैंकिङ कारोबारलाई प्राथमिकता दिएको छ ।

नबिल बैंकको देशभरि राम्रो नेटवर्क छ । आफ्ना ग्राहकहरूको सुविधाका लागि एटीएम, काउन्ट, शाखा आदि उल्लेख्य रुपमा राखेको छ ।

Published : Wednesday, 2023 January 25, 7:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया