सरकारी कर्मचारीहरूले तलब खान पाएनन्

काठमाडौं । मुलुकको अर्थतन्त्रलाई लिएर विभिन्न खालका टिकाटिप्पणी भइरहेका बेला सरकारी कमर्चारीहरू तलब खान नपाएको रहस्य बाहिर आएको छ ।

कम्युनिस्टको मिलिजुली सरकारले तीन महिनादेखि सरकारी कर्मचारीहरूलाई तलब खुवाउन नसकेपछि आलोचना भएको छ ।

अर्थमन्त्री एमालेका नेता विष्णु पौडेल छन् । पौडलले अर्थ मन्त्रालय सम्हालेपछि अर्थतन्त्रमा सुधार हुने अपेक्षा गरिएको थियो ।

तलब खान नपाउनेहरूमा सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारी रहेका छन् । उनीहरूले ३ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

समितिका निमित्त कार्यकारी निर्देशक डा. रामदेव यादवले कर्मचारीहरूलाई तलब खुवाउन नसकिएको स्वीकार गरेका छन् ।

डा.यादव असोज १४ गते निमित्त कार्यालय प्रमुख भएर आएका हुन् । असोजअघि पनि समितिका कर्मचारीहरूले ३ महिनाको तलब एकैपटक पाएका थिए ।

Published : Thursday, 2023 January 19, 5:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया