शक्तिको आडमा डेन्जर हर्कत गरेका ‘मान्छे’ पक्राउ

काठमाडौं । प्रहरीले शुनवर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक तथा अध्यक्ष ध्रवनारायण यादवलाई पक्राउ गरेको छ ।

यादवलाई प्रहरीले सेवाग्राहीको लाखौं रुपियाँ ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

सहकारीको कार्यालय धनुषाको जनकपुरमा रहेको छ ।

यादव सहकारी संघ धनुषाका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडको संचालक समितिका सदस्यसमेत हुन् ।

यादवलाई उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताएका छन् ।

पक्राउ परेका यादवमाथि स्थानीय कुभोलियादेवी यादवको रकम अपचलन गरेको आरोप छ ।

कुभोलियादेवीले आफ्नो जग्गा सहकारीमा धितो राखी २५ लाख रुपियाँ ऋण लिएको र पछि सो रकम चुक्ता गरेपनि यादवले जग्गा फुकुवा नगरी लिलामीको अवस्थामा पुर्‍याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता क्षेत्रीले बताएका छन् ।

सहकारीमा आबद्ध बचतकर्ताको जग्गा फुकुवा नगरी अध्यक्ष यादवले करिब २५ लाख रुपियाँ आफूसँगै राखेर लामो समयसम्म फिर्ता नगरेको देखिएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका सहकारीका अध्यक्ष यादवमाथि मंगलबार जिल्ला अदालत धनुषाबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता क्षेत्रीले बताए ।

सहकारीले सर्वसाधारणलाई ठगी गर्ने र निक्षेप (बचत)को रकम दिन अस्वीकार गरिरहेका बेला जनकपुरको सहकारीको काण्ड बहिर आएको छ ।

पछिल्लो समय अधिकांश सहकारीहरूले ठगी गरेका धेरै उजुरीहरू परेका छन् । राजनीतिक संरक्षणको आधारमा त्यस्ता बद्मास र ठग सहकारीहरू बच्दै आएका छन् ।

Published : Wednesday, 2023 January 18, 7:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया