सन्तबहादुरको हत्या, भरखरका युवक पक्राउ

काठमाडौं । तनहुँ जिल्लामा खुकुरी प्रहार गरी एक जना पुरूषको हत्या भएको छ ।

सोमबार बिहान साढे ११ बजे भानु नगरपालिका–६ टुहुरेस्थित डुम्रे–चन्द्रवती भित्री सडकखण्डमा एक पुरूषको हत्या भएको हो ।

स्थानीय ४९ वर्षीय सन्तबहादुर गुरूङको हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा व्यास नगरपालिका–८ रिस्ती बस्ने २४ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

परियारलाई हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिएका छन् ।

हत्याको कारण खुलेको छैन । घटनामा संलग्न खुकुरी प्रहार गर्ने आशिस परियारलाई हातियारसहित नियन्त्रणमा लिइएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

Published : Monday, 2023 January 16, 11:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया