आन्तरिक घुमफिरको सँस्कृति फस्टायो, हाम्रै उत्पान प्रयोग गरौँ : बतास

काठमाडौं । बतास समूहका अध्यक्ष तथा प्रतिष्ठित उद्योगी, व्यवसायी आनन्दराज बतासले आन्तरिक पर्यटन र घुमफिरको सँस्कृति मौलाउँदै गएकोमा खुसी व्यक्त गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत अध्यक्ष बतासले घुमफिरसँगै नेपालीहरूले खाने कुराहरूको बण्डलिङ गरेर जानुपर्ने सुझाव दिएका हुन् ।

उनले भनेका छन्, ‘नेपालीहरूमा घुमफिर सँस्कृति मज्जाले फस्टाउँदै छ ।’

‘यसरी घुमफिरमा उपयोग हुने वस्तुहरू, खानपानका सामग्री लगायत पेय पदार्थ समेत नेपाली उत्पादन नै हुनसके आन्तरिक पर्यटनसँगै अन्य उत्पादन मुलक उद्योग पनि फस्टाउने थिए’, उनले भनेका छन् ।

‘यसैले उत्पादक र सेवा प्रवाहकर्ताबीच बन्डलिङको खाँचो देखिन्छ’, अध्यक्ष बतासले भनेका छन् ।

अध्यक्ष बतासले मुलुकको आर्थिक अवस्थालाई लिएर सामाजिक सञ्जालमार्फत चिन्ता जनाउने गर्छन् ।

उनले चिन्ता मात्रै होइन समाधानका उपायहरू पनि बताउने गरेका छन् । बतास समूह नेपालको ठूलो घराना र प्रतिष्ठित उद्योगी, व्यवसायीमा पर्छ ।

Published : Saturday, 2023 January 14, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया