आन्तरिक घुमफिरको सँस्कृति फस्टायो, हाम्रै उत्पान प्रयोग गरौँ : बतास
काठमाडौं । बतास समूहका अध्यक्ष तथा प्रतिष्ठित उद्योगी, व्यवसायी आनन्दराज बतासले आन्तरिक पर्यटन र घुमफिरको सँस्कृति मौलाउँदै गएकोमा खुसी व्यक्त गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत अध्यक्ष बतासले घुमफिरसँगै नेपालीहरूले खाने कुराहरूको बण्डलिङ गरेर जानुपर्ने सुझाव दिएका हुन् ।
उनले भनेका छन्, ‘नेपालीहरूमा घुमफिर सँस्कृति मज्जाले फस्टाउँदै छ ।’
‘यसरी घुमफिरमा उपयोग हुने वस्तुहरू, खानपानका सामग्री लगायत पेय पदार्थ समेत नेपाली उत्पादन नै हुनसके आन्तरिक पर्यटनसँगै अन्य उत्पादन मुलक उद्योग पनि फस्टाउने थिए’, उनले भनेका छन् ।
‘यसैले उत्पादक र सेवा प्रवाहकर्ताबीच बन्डलिङको खाँचो देखिन्छ’, अध्यक्ष बतासले भनेका छन् ।
अध्यक्ष बतासले मुलुकको आर्थिक अवस्थालाई लिएर सामाजिक सञ्जालमार्फत चिन्ता जनाउने गर्छन् ।
उनले चिन्ता मात्रै होइन समाधानका उपायहरू पनि बताउने गरेका छन् । बतास समूह नेपालको ठूलो घराना र प्रतिष्ठित उद्योगी, व्यवसायीमा पर्छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया