सफल भयो काठमाडौंमा प्रहरीको ठूलो अप्रेशन, पाकिस्तानीहरूले सिधै ईन्काउन्टर गर्नुपर्ने कार्य गरे

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले अपहरणमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

कार्यालयले पाकिस्तानी नागरिक मोहम्मद सामी खानलाई अपहरण गरेको अभियोगमा तीन जना पाकिस्तानी नागरिकलाई नै काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका ३० वर्षीय मुहम्मद रासिद, ३५ वर्षीय मुहम्मद आसिफ र ३५ वर्षीय मुहम्मद फिदा हुसैनले सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीमा क्यानडा जान नेपालबाट सजिलो हुन्छ भनेर मुहम्मद सामी खानलाई काठमाडौं बोलाएका थिए ।

खानलाई भिजिट भिसामा काठमाडौं पठाइ ठमेलको होटेलमा राखिएको थियो ।

पुस २४ गते दिउँसो साढे २ बजे ट्याक्सीबाट खानलाई तीन जनाको समूहले बायामेट्रिक लगायतका प्रक्रिया पूरा गर्नेभन्दै बुढानिलकण्ठस्थित भाडाको घरमा लगेर आँखामा पट्टी बाँधेर हातखुट्ट पलाष्टिकको डोरीले बाँधेर बन्धक बनाइ राखेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

तीन जना अपहरणकारीले खानलाई घरमा म्यासेज गर्न लगाइ नेपाली रुपियाँ २५ लाख ६६ हजार ६ सय ९७ रुपियाँ फिरौती लिएको खुलेको छ ।

फिरौती रकम पाएपछि तीन जनाको अपहरणकारीले पुस २६ गते राति साढे १० बजे ट्याक्सीमा राखेर सिनामंगलस्थित सडकमा छाडेर पाकिस्तान फर्किनु भनेर गएका थिए ।

त्यसपछि खानले पर्यटक प्रहरीलाई सबै कुराको जानकारी गराएपछि प्रहरीले पुस २८ गते बुढानिलकण्ठ नगरपालिका– ४ स्थित भाडाको घरबाट तीन जना पाकिस्तानी अपहरणकारीलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले तीन जना अपहरणकारी पाकिस्तानीलाई पक्राउ गरेपछि घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

उनीहरूविरुद्ध प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा २११ अपहरण गर्न नहुने र २१२ शरीर बन्धक लिन नहुने कसूरमा आवश्क अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त, महाराजगञ्ज काठमाडौंमा पठाइएको छ ।

पाकिस्तान आर्थिक अवस्थाबाट निकै तनाबपूर्ण छ । डलरको अभाव हुँदा आयात हुन सकिरहेको छैन । खाद्यान्न लगायतका अत्यावसश्यक सामग्रीहरूको अभाव झेलिरहेका बेला पाकिस्तानका नागरिकहरूले काठमाडौंमा बसेर पाकिस्तानी नागरिकलाई नै अपहरण गरेर फिरौती उठाउने धन्दामा संलग्न भएका छन् ।

पाकिस्तानीहरूले नेपालमा बसेर बेलाबेला अपराध गर्दै आएका थिए । पाकिस्तानीहरूको यो घटनाले प्रहरीलाई चिन्तामा पुर्‍याएको छ ।

Published : Saturday, 2023 January 14, 8:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया