नबिल बैंकले लाभांस र बोनस वितरण गर्ने
काठमाडौं । नबिल बैंकको ३० प्रतिशत लाभांश पारित भएको छ ।
शुक्रबार बैंकको ३८औं वार्षिक साधारणसभा सञ्चालक समितिको बैठकले ३० प्रतिशत लाभांश पारित गरेको हो ।
समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट सेयरधनीलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी यस वर्ष २७ अर्ब नाघेको छ ।
साधरणसभाले संस्थापक सेयरधनी समूहतर्फका तीन पदका लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस सकिवलाई सञ्चालकमा निर्वाचित गरेको छ ।
नबिल बैंक आ.व. ०७८/७९ मा चार अर्ब २५ करोड ६० लाख रुपियाँ नाफा हासिल गर्न सफल भएको थियो ।
Published : Friday, 2023 January 13, 11:42 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया