माघदेखि बैंकहरूले निक्षेपको ब्याजदर घटाउने
काठमाडौं । वाणिज्य बैंकहरूले माघदेखि निक्षेपको ब्याजदर घटाउने भएका छन् ।
नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले माघ १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।
संघको नयाँ अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी निर्वाचित भएका छन् ।
संघले अहिले दिइँदै आएको व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा १० प्रतिशत घटाउने निर्णय गरेको छ ।
वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती खातामा १२ दशमलव १३ प्रतिशत दिंदै आएकोमा माघदेखि उक्त ब्याजदर ११ प्रतिशतमा झर्नेछ ।
संस्थागत मुद्दती खातामा दिइएको १० दशमलव १३ प्रतिशतको ब्याजदर अब ९ प्रतिशत कायम हुनेछ ।
मुद्दती खाताको ब्याज दर घट्दा तत्कालै ऋणीहरूलाई ठूलो राहत नहुनेछ । बैंकहरूको ब्याजको आधार दर घट्दा केही राहत भने हुनेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया